शिक्षक महासंघले गर्ने आन्दोलनमा सहभागी नहुन राहत शिक्षक राष्ट्रिय समितिकाे निर्देशन
काेहलपुर,शिक्षक महासंघले गर्ने आन्दोलनमा सहभागी नहुन नेपाल राहत शिक्षक राष्ट्रिय समितिले आव्हान गरेकाे छ।
समितिका अध्यक्ष बिष्णु खत्रीले बिहीबार विज्ञप्ति जारी गर्दै विभिन्न बहानाबाजीमा देशभरका राहत शिक्षकहरुलाई शिक्षक महासंघको प्रतिशत र आन्तरिक प्रतिस्पर्धाको आन्दोलनमा सहभागी गराउने प्रपञ्च भैरहेको उल्लेख गरेका छन। अध्यक्ष खत्रीले कोही पनि राहत शिक्षक महासंघको आन्दोलनमा सहभागी नहुन सुचित गरेका छन ।
आन्दाेलन मा सहभागी हुने ले आन्दोलन मै विद्रोह गरेर महासंघ लाई लखेट्न समेत अध्यक्ष खत्रीले अनुरोध गरेका छन ।
अध्यक्ष खत्रीले विज्ञप्तिमा भनेका छन,
“जब शिक्षक महासंघले हाम्रो मुद्दा बोक्छ, त्यतिबेला हामी आफै जानकारी गराउने छौं सहभागी हुनको लागि ।”




