एसईई परिक्षाको नतिजा सार्वजनिक ,६१.८१ प्रतिशत उतिर्ण

१४ असार, काेहलपुर। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८१ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
२०८१ को एसईई परीक्षामा जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये
३.६ देखि ४ जीपीएमा ४८ हजार १७७ जना उतिर्ण भएका छन। यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना,
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना ,२.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र
१.६ देखि २ जीपीए ल्याउने ८ जना रहेका छन । यसैगरी१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।अवगर्गीकृत ( NG) परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७ जना छन

 


ताजा समाचार