गाेरखा युनाइटेड स्कुलकाे २४ ओै स्थापना दिवस ,व्यावहारीक शिक्षामा जाेड
कोहलपुर, बाँके: गोरखा युनाईटेड पब्लिक स्कुल कोहलपुरले आफनो स्थापनाको २४ औं बार्षिकउत्सव भब्य रुपमा सम्पन्न गरेकाे छ।
पश्चिम नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उक्त स्कुलले शनिवार विद्यालयमा आयोजित एक भब्य कार्यक्रमकाविच आफनो २४ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवं कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको शैक्षिक विकासका लागी सामुदायिक र संस्थागत विद्यालयहरु समान ढंगले अगाडि बढ्नुपर्ने बताए । नगर प्रमुख आचार्यले सबैकाे सामुहिक र संगठित ढंगवाट कोहलपुरको शैक्षिक विकासलाई अगाडी दिनुपर्नेमा जोड दिए ।पश्चिम नेपालमै आफनो पहिचान स्थापित गरेको गोरखा स्कुलको शैक्षिक गतिविधिका मुद्धाहरु सिंगो नगरपालिकाको साझा मुद्धा हुन सक्ने भन्दै मेयर आचार्यले निजी विद्यालयहरुका सकारात्मक र अनुकरणीय गतिबिधिहरु कोहलपुर नगरपालिकाले समेत फिड ब्याकको रुपमा ग्रहण गर्ने बताए।
सो अवसरमा विद्यालयले चालु शैक्षिक सत्रका लागी १ सय ८२ जनालाई छात्रबृत्ति प्रदान गर्ने गरि विद्यार्थीहरुका नाम समेत सार्वजनिक गरिएकाे थियाे।
कार्यक्रममा विद्यालयले आफनो बार्षिक उत्सवमा गत शैक्षिक सत्रमा शिक्षाका विभिन्न बिधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्नुकासाथै सम्मान समेत गरिएकाे थियाे ।
कार्यक्रममा विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर वहादुर आले मगरले सकारात्मक सोचकासाथ हामी ब्यबहारिक र युग सुहाउदो शिक्षाप्रति आफु सचेत छौ भन्दै संस्कार सहितको शिक्षा गोरखाको अवको पहिचान हुने विश्वास ब्यक्त गरे । उनले आफु ब्यबस्थापनका हैसियतले जुनसुकै चुनौतिको पनि सामना गर्न तयार रहेको भन्दै संस्थापक आलेले बिद्यालयको समग्र ब्यबस्थापन र लगानिमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत जाहेर गरे । मेरो ब्यबस्थापनले मात्र शैक्षिक सुधार हुन्छ भन्ने हुदैन एकाडेमिक शैक्षिक विकासमा विद्यालयका १ सय ३२ जना कर्मचारी र शिक्षकहरु पनि उत्तिकै जिम्मेवार रहन्छन भन्दै आलेले २०७९ देखि विद्यालयमा पञ्चबर्षीय शैक्षिक योजना अगाडि सार्दै १५ करोड बढि खर्च गरिसकेको उल्लेख गरे ।
आलेले वाईफाई सहितको आईटीका अलावा स्मार्टवोर्ड,आधुनिक प्रयोगात्मक अभ्यास, सिक्दै कमाउदै, सिक्दै पढदै, एयर कण्डिसनयुक्त कक्षा कोठा, जिम हल, स्विमिङ जस्ता कार्यक्रम अघि सार्दै गोरखालाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने थलोको रुपमा विकासको गर्ने गरि आफुले पञ्चबर्षीय योजना अघि सारेको उल्लेख गरे ।
गोरखा स्कुलसंग हरेक कुराको ब्याकअप रिजर्भ छ पछिल्लो समय काठमाण्डौ युनिभर्सिटिसंगको सहकार्यमा विद्यार्थीहरुको रुचि अनुसारको शिक्षा दिन विद्यालयले ठुलो लगानि गर्दै शैक्षिक एडभाईजर समेत राखेको कुरा सुनाउदै आलेले अभिभावक सन्तुष्ट हुने गरि कहि कतै ईफ बट नभनि शैक्षिक सुधारमा आफनो कटिबद्धता रहने उल्लेख गर ।
सो अवसरमा विद्यालयको गत शैक्षिक शत्रको समिक्षा र आगामि शैक्षिक बर्षको कार्ययोजना पेश गर्दै विद्यालयका प्रधानाध्यापक साधना थापाले पञ्चबर्षीय योजना अनुसार आफुहरु सोही योजनाबाट गाईडेट हुदै गएको उल्लेख गर्दै यो बर्ष कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको ह्याण्डराईटिङलाई प्राथामिकता दिने उल्लेख गरिन । उनले केजि १ देखि १० सम्म हरेक शुक्रवारलाई बुकलेस डे का रुपमा लिंदै प्रयोगात्मक अभ्यास, लाईफ स्केल रिसर्च, पाक शिक्षा, पारिवारीक वातावरण निर्माण जस्ता अतिरिक्त विधाहरुलाई समेटने योजना रहेको उल्लेख गरिन ।
यस शैक्षिक शत्रदेखि काठमाण्डौ युनिभर्सिटिका प्रोफेसरहरुबाट मोटिभेसनका कक्षाहरुका अलावा विद्यार्थी विदेशिने प्रचलकलाई रोकथामका प्रयासहरु समेत गरिने उल्लेख गर्दै प्रधानाध्यापक थापाले विद्यालय यस बर्षदेखि स्काउटमा समेत जोडिने वताईन । हरेक कक्षाहरुमा अनुशासन कमिटि गठन गरि कक्षा सञ्चालनको गाईडलाई निर्माण गरिेने उल्लेख गरेकी प्रधानाध्यापक थापाले अवको सम्पुर्ण सिकाई डिजिटल प्रबिधिबाट हुने वताईन ।
विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर वहादुर आले मगरको अध्यक्षतामा भएकने कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सिता कार्की, नगर उप प्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत मान वहादुर गिरी, सैनिक सेनानी विकास कार्की, पुर्व विद्यार्थी संघका अध्यक्ष समिर जंग शाह, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकाश थापा, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्मा,एपिएफ स्कुलका प्रिन्सिपल राज कुमार प्याकुरेल, ईलाका प्रहरी कार्यलयका प्रतिनिधि, ट्राफिक प्रहरी प्रतिनिधि लगाएत शिक्षक विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।




