शिक्षक/कर्मचारीको महँगी भत्ता ३ हजार बढ्यो
काेहलपुर,सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता २ हजार वाट बढाएर ५ हजार रुपैयाँ पुर्याएकाे छ ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता रु २ हजार वाट बढाएर रु ५ हजार पुर्याइएकाे जानकारी दिए ।
कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाउने उनको भनाइ छ ।




