रास्वपाकाे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई
काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले यो निर्णय गरेको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो। सभापति लामिछाने पक्राउ भए लगत्तै पार्टीको सचिवालय बैठक बसी यो निर्णय गरिएको हो।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ।




