काेहलपुर ,अत्यधिक चिसाे बढेपछि बाँकेकाे काेहलपुर नगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिने भएकाे छ ।
बुधबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका पेशागत घटकसँगको बैठकले पुस २६ गतेदेखि २९ गतेसम्म जाडो बिदा दिने निर्णय भएकाे शिक्षा शाखाले जनाएको छ।अत्यधिक चिसो बढ्दै गैरहेका कारण पुस २५ गते बालबालिकाहरूका लागि गृहकार्य दिने तथा चिसोबाट सचेत रहने गरी जानकारी गराउने समेत निर्णय भएकाे शाखाले जनाएकाे छ। बैठकले परीक्षा संचालन भैरहेको तथा Sports Days संचालित विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गरी आवश्यक व्यवस्थापन गर्न अनुमति दिएकाे छ।