गोरखा स्कुलमा खेल सप्ताह सुरू

अनिता अधिकारी

काेहलपुर ,बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलमा खेल सप्ताह शुरु भएको छ।


विद्यालयका अध्यक्ष केशर बहादुर आलेले आइतबार विद्यार्थीहरुलाई बल हस्तान्तरण गर्दै खेल सप्ताहकाे उद्घाटन गर्नुभयो ।


विद्यालय स्तरिय खेल सप्ताह‌को उद्‌घाटन कार्यक्रममा अध्यक्ष आलेले विद्यार्थीलाई पाठ्यक्रम र पाठ्यपुस्तक भित्र सिमित राख्न नहुनेमा जाेड दिनुभयाे। अध्यक्ष आलेले भन्नुभयाे,” विद्यार्थी भित्र रहेको प्रतिभालाई खे‌लको माध्यमवाट चौतर्फी विकास गर्न प्रतियोगिता आयोजना गरिएको हाे।”
विद्यालयका छात्र – छात्राबिच अन्तर सदनात्मक फुटबल र एथलेटिक्सका खेलहरु संचालन हुने विद्यालयका खेल शिक्षक माेहन वलीले जानकारी दिनुभयाे । सप्ताह अन्तर्गत शिक्षक कर्मचारीबिच पनि विभिन्न खेलहरुमा प्रतिस्पर्धा हुने छन ।


आजको उद्‌घाटन खेल राताे सदन र पहेलाे सदन बिच फुटबल प्रतियोगिता भएको थियो ।


खेल प्रति‌योगितामा प्रथम हुनेलाई नगद २१ हजार दोस्राेलाई नगद ११ ह‌जार र संस्थापक ,शिक्षक तथा कर्मचारी विच हुने खेलका विजेतालाई १० हजार नगद पुरस्कार प्रदान गरिने विद्यालयका खेल संयोजक खगेन्द्र पौडेलले जानकारी दिनुभयाे ।
हरेक बर्ष विद्यालयमा संचालन हुने खेलकुद प्रतियोगिता आज पाैष २१ गतेदेखि पौष २६ गतेसम्म संचालन हुने छ।

सम्बन्धित समाचार