एपीएफ स्कुल काेहलपुरमा पाँचौ खेलकुद सप्ताह सुरु

काेहलपुर,बाँके/ बाँकेको कोहलपुरमा रहेको नेपाल एपीएफ स्कुलमा पाँचौ खेलकुद सप्ताह मंगलबारदेखि सुरु भएको छ ।
‘खेल कौशललाई प्रस्फुटित गरौं’ भन्ने मुख्य नाराका साथ खेलकुद सप्ताह सुरु भएको हो । सप्ताह खेलकुद कार्यक्रमकाे सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले उद्घाटन गरेका थिए ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई हाउस अनुसार खेलकुद गरेकाे यसले राष्ट्रपति रनिङ्ग सिल्ड र मेयर कप छनौट प्रक्रिया लैजान विद्यार्थी छनाैट गर्न मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक मुकुन्द्र बिक्रम शाहले बताए ।

उद्घाटन कार्यक्रमका प्रमुख अथिति सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले आफ्नो प्रतिभा आफैले देखाउनुपर्ने बताउदै, राष्ट्र र समाजलाई पहिचान दिनका साथै खेलले मानिसको शारीरिक मानसिक वृद्धिका लागि अपरिहार्य रहेको बताए ।

विद्यार्थीहरुको आ–आफ्नो सदनात्मक रुपमा मार्चपास्ट, कबड्डी, फुटबल, ज्यावलिङ्ग, थ्रो सटफुट, हाईजम्प, लङजम्प , लामो दौड र छोटो दौड प्रतियोगिता हुने बताएको छ ।

खेलमा प्रथम द्धितीय तृतीय हुने खेलाडीहरुलाई प्रमाणपत्र सहित गोल्ड, सिल्भर, कास्य मेडल सहित पुरुस्कृत गरिने विद्यालयका शिक्षक हरि प्रसाद देवकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार