काेहलपुर– पछिल्लो समय घट्दै आएको इन्धनको मूल्य फेरि घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाएको हो ।
आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेल र मट्टीतेल २ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो ।
हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँ र बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ मूल्य घटाएको निगमले जानकारी दिएको छ । एलपी ग्यासको मूल्य भने भारतबाट सिलिन्डरमा ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई ध्यानमा राखेर यथावत राखिएको निगमले जनाएको छ ।
आयल निगमले चाडपर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने बताएको छ ।