बिनाेद भट्टराई
काेहलपुर – काेहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिदै गर्दा उमेदवार भने प्यानलगत रुपमा मतदाताकाे घर घरमा पुग्न थालेका छन।
आगामी कार्तिक गर्ने निर्णय भएसंगै चुनाबमा प्रगतिशील व्यावसायिक समूहका अध्यक्ष सहित पदाधिकारीहरु प्रचारप्रसारका लागि घरदैलो शुरु गरेका छन।
काेहलपुर उद्योग वाणिज्य संघमा करिब १ हजार ६ सय उद्योगी व्यवसायी सदस्य रहेका छन। उनीहरुले नै मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने व्यवस्था रहेको छ।
प्रगतिशील व्यावसायिक समूह साेमबार वडा न ३,४ ५ , ६ र १५ न वडाका मतदातासंग भेटघाट गरेका छन।
प्रगतिशील व्यावसायिक समूहका अध्यक्षका उमेदवार अन्जना धितालले भनिन,” यसपटक मतदाताले महिलाको नेतृत्व खाेजेकाे अनुभव गरे ।”
प्रगतिशील व्यावसायिक समूहका बरिस्ठ उपाध्यक्षका उमेदवार भुपेन्द्र काफ्लेले घरदैलोमा व्यापारी हरुकाे प्रतिक्रियाले आफु उत्साहित भएकाे बताए । उनले भने ,” मतदाताकाे हाम्राे टिमप्रति निकै आशा भराेषा छ।”
आगामी कार्तिक ३ गते हुने संघकाे निर्वाचनमा पहिलाे पटक महिला अध्यक्षमा पदमा प्रतिस्पर्धा गर्दैछन।