गाेरखा युनाइटेडमा शैक्षिक सामग्री प्रदर्शनी

काेहलपुर ,बाँकेकाे काेहलपुरमा रहेकाे गाेरखा युनाइटेड पब्लिक स्कुलले विद्यार्थीद्वारा निर्मित विविध शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न भएको छ।


प्रदर्शनीमा कक्षा नर्सरी देखि ३ कक्षा सम्मका विद्यार्थी तथा शिक्षकद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरि बनाइएका विभिन्न सामाग्रीहरु प्रदर्शनमा राखिएका थिए।
सिप सहितकाे शिक्षा,संस्कार सहितकाे शिक्षा भन्ने मुख्य उद्देश्यका साथ प्रदर्शनी आयाेजना गरिएकाे विद्यालयले जनाएकाे छ।

क्रियाकलापमा आधारीत शिक्षण विधि अहिलेकाे आवश्यकता भएकाे कार्यक्रम संयाेजक ढुडीराज गिरीले बताउनु भयाे । गाेरखा युनाईटेडले परिक्षा कसरी पास हुने भन्दापनि आफै गरेर सिक्ने कुरालाई ध्यान दिएकाे स्कुलका प्रिन्सीपल साधना थापाले बताउनु भयाे।
शिक्षकहरुले साथिकाे रुपमा सहजीकरण गर्ने विद्यार्थीलाई रमाइलो तरिकाले प्रेसर विना सिकाई क्रियाकलाप सहभागी गराउनेमा विद्यालयले जाेड दिएकाे संयाेजक गिरीले बताउनु भयाे।
प्रदर्शनीमा विभिन्न थिममा आधारित गेमहरु,आर्ट एण्ड क्राफ्ट,स्थानीय पाठ्यक्रममा आधारित शैक्षिक सामाग्रीहरु राखिएका थिए। प्रदर्शनीले बच्चाले मासमा बाेल्न सक्ने क्षमताकाे विकास ,लिडरसिपकाे विकास तथा जिवनउपयाेगी शिक्षामा जाेड दिएकाे छ।
विद्यालयमा विद्यार्थीले बनाएका सामाग्री हेर्न अभिभावकको घुइचो देखिन्थ्यो।

 

सम्बन्धित समाचार