काेहलपुर : आगामी कार्तिक ३ गते हुन
गइरहेको कोहलपुर उधोग वाणिज्य संघको निर्वाचनका लागि प्रगतिशील ब्यवसायीक समुहद्वारा उम्मेदवार घोषणा गरेको छ।
शुक्रबार काेहलपुरमा एक ओैपचारीक कार्यक्रम गरी अन्जना धितालकाे नेतृत्वमा उमेदवार घाेषणा गरिएकाे हाे।
घाेषणा गरीएका अन्य उमेदवारहरु बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफले, उद्योगतर्फकाे उपाध्यक्षमा अर्जुन सुवेदी, बस्तुगत उपाध्यक्षमा रुपक भुजेल ,महासचिव दिपक अर्याल, उपमहासचिव गोपाल अधिकारी कोषाध्यक्ष गंगा वगाले रहेका छन। यसैगरी सहकोषाध्यक्षमा टंक खनाल, सदस्यहरुमा कृष्ण रानाभाट, भवनी कडेल, रबि प्रसाद कर्मचार्या, मोति प्रसाद सुबेदी, अस्मिता केसी, परिर्बतन बिश्वकर्मा, राजिव शर्मा, प्रतिमा खड्का, अंकित सिग्देल एक बहादुर खड्का र बिक्की थापा रहेका छन।
घाेषणा सभामा वक्ताहरुले आगामी नेतृत्वले काेहलपुर क्षेत्रका व्यवसायीका समस्याहरु समाधान गर्न लाग्नुपर्नेमा जाेड दिए।
घाेषणा सभामा बाके क्षेत्र न १ का सांसद सुर्य ढकाल, उधोग वाणिज्य संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा, वर्तमान अध्यक्ष लक्ष्मणराज पौडेल लगायतले मन्तब्य राखेका थिए ।।संघमा हाल १ हजार ६ सय सदस्य रहेका छ्न।