बाँकेमा “हुम्ली एकता समाज” गठन हुने

काेहलपुर।

“सामूहिक जमघट हाम्रो आवश्यकता,बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाज गठन हुने भएको छ ।

हुम्ला जिल्लाबाट बाँके जिल्लाका बसाईसराई तथा बसोबास गदै आउनु भएका सम्पुर्ण हुम्लीहरुलाई समेटेर एकता समाज गठन गर्न लागेको हाे भाद्र २२ गते शनिबार कोहलपुरमा हुने हुम्लीहरुको भेलाबाट तदर्थ समिति गठन गर्ने बताईएको छ । बाँकेका ८ वटै स्थानीय तहमा बसोबास गदै आइरहनु भएका सम्पुर्ण हुम्ली दाजुभाइ दिदि बहिनीहरुलाई २२ गतेको भेलामा उपस्थित हुनको लागी पत्रचार गरिएको पत्रकार अशाेक भण्डारीले जानकारी दिए।

सम्बन्धित समाचार