एपीएफ स्कुल काेहलपुरमा विद्यार्थीको तिज नृत्य

बाँकेको कोहलपुर २ मा रहेको नेपाल एपीएफ स्कुलमा तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।


हिन्दु धर्मावलम्विहरुको महान पर्व हरितालिकाको तीजकाे अवसर पारेर उक्त कार्यक्रम गरिएकाे हाे।
कोहलपुर नगरपालिकाका उप–प्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा भएकाे तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम विद्यार्थीहरुले तीज नृत्यहरु प्रस्तुत गरेका थिए।

यस्तै यस विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले जिवनोपयोगी व्यवहारिक तथा संस्कार सहितको शिक्षा दिने प्रतिवद्धता जनाए ।

हिन्दु महिलाहरुको महान पर्वको उपलक्ष्यमा सबै महिलाहरुलाई शुख शान्ति र समृद्धिको कामना व्यक्त गरेका थिए भने आफ्नो कला र साँस्कृतिको जगेर्ना गर्दै सिकाई संगसंगै व्यवहारीक शिक्षा प्रदान गरी अव्वल नागरिक निर्माण गर्ने बताए ।


तिज मिलन कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले आफ्नो गित सहित नृत्य प्रस्तुत गरेको नेपाल एपिएफ स्कुलका विद्यालयका शिक्षक हरी देवकोटाले जानकारी दिए ।


ताजा समाचार