काेहलपुर प्रहरीद्वारा दुई फरार प्रतिवादी पक्राउ

काेहलपुर । इलाका प्रहरी कार्यालय काेहलपुरबाट खटिएकाे प्रहरी टाेलीले आइतबार दुई जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत बाँकेको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।


प्रहरी टोलीले सवारी ज्यान कसुर मुद्दामा बाँके जिल्ला अदालतबाट मिति २०७० माघ ०९ गतेको आदेश अनुसार २ बर्ष १० महिना ३ दिन कैद सजाय ठेगीएका जिल्ला बाँके राप्ती सोनारी गाँउपालिका वडा नं.१ बस्ने पुर्ण बहादुर कुमाललाई ई.प्र.का. तुल्सीपुर दाङ्गको सहयोगमा पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरी प्रमुख डि एस पी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
यसैगरी जातीय विभेद मुद्दामा मिति २०७८ मंशिर २७ गतेको आदेशबाट रु.५०,०००/- जरिवाना तोकीएका बैजनाथ गाउपालिका वडा नं. ४ बस्ने तिलक खप्तरी मगरलाई पनि पक्राउ गरी अदालत समक्ष पेश गरेकाे डि एस पी तिवारीले जानकारी दिनुभयाे ।
चालु आर्थिक वर्षमा इलाका प्रहरी कार्यालय काेहलपुरबाट हाल सम्म बिभिन्न अपराधमा संलग्न रही अदालत बाट दोषी ठहर भएका १३ जना फरार अपराधिलाई पक्राउ गरी अदालत समक्ष पेश गरीएको र निजहरुबाट जम्मा १२ बर्ष ५ महिना २६ दिन कैद र रू.८०,०००/- जरिवाना असुल उपर गरेकाे डि एस पि तिवारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार