गोर्खा युनाइटेडकाे ११ओै अभिभावक दिवस सम्पन्न

काेहलपुर,गाेरखा युनाइटेड पब्लिक स्कुल काेहलपुरले ११ ओै अभिभावक दिवस सम्पन्न गरेकाे छ।


अभिभावक दिवसका अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यार्थीले देश प्रेम झल्काउने र मनोरञ्जनात्मक नृत्य सहितका विविध प्रस्तुतिहरु प्रस्तुत गरे ।
अभिभावक दिवसकाे उद्घाटन गर्दै ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष श्री ब्रह्मा कुमारी दुर्गा शर्माले गुणस्तरीय र ब्यवहारीक शिक्षाको लागि कोहलपुर क्षेत्रलाई देशभरी चिनाउने काम गाेरखा युनाइटेडले गरेको बताउनुभयो । उहाँले भन्नुभयाे ,” संस्थागत र सामुदायिक विद्यालयलाई सँगै अगाडि बढाउदै लैजानुपर्छ।”
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुद्धारा मार्च पास गरिएको थियो भने के.जि.१ देखि कक्षा आठ सम्मका विद्यार्थीहरुले क्रमशः कक्षागत नृत्य, एरोविक, योगा, फेन्सि ड्रेस, पिटि तथा ड्रिल र तेक्वान्दोको प्रस्तुति सुन्दर र रोचक तरिकाले प्रस्तुत गरि अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।
२०७९ सालको एस.ई.इ र कक्षा १२ मा बिज्ञान तथा ब्यवस्थापन संकायमा उत्कृट जि.पि.ए ल्याउन सफल विद्यार्थीहरु र उनिहरुका अभिभावकहरु समेत साे अवसरमा सम्मान गरिएको थियो ।
कर्यक्रमको दोस्रो चरणमा अभिभावक र विद्यार्थीहरु, शिक्षक/ अभिभावकहरु बिचको महिला र पुरुष बिच छुट्टा–छुट्टै रमाईला विभिन्न खेलहरु सञ्चालन गरिएको थियो । बिजेतालाई नगर पुरस्कार प्रदान गरिएको थियो । साथै कार्यक्रममा GUPS Talent Hunt Season-10 को विद्यालयमा १५ दिनसम्म सञ्चालन भई अन्तिम Final समेत सम्पन्न गरिएको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक अध्यक्ष श्री केशर बहादुर आले मगरकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौका प्राज्ञ महानन्द ढकाल, जिल्ला सम्वय समिति बाँकेका उपाध्यक्ष सिता कार्की, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाह, ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख सुन्दर तिवारी, जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख गोपिकृष्ण सुबेदी, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, नेपालगंज मेडिकल कलेजका डा. प्रज्ञा गौतम घिमिरे, डा. सुभाष पाण्डेय, लगायतको उपस्थिति रहेको थियो ।
प्रध्यानाध्यापक साधना थापाले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने कार्यक्रम संयोजक अरुण थापाले कार्यक्रमको उदेश्यका बारेमा स्पष्ट पार्नुभएकाे थियो ।
कार्यक्रको समापनमा गर्दै कार्यक्रमका सभापति केशर बहादुर आलेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।उहाँले आगामी दिनहरुमा अभिभावकहरुको सल्लाह र सुझावलाई अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिवद्दता समेत जनाउनु भयाे ।


ताजा समाचार