काेहलपुरकाे भ्यु टावर नगरपालिकाले संचालन गर्दै ,प्रवेश शुल्क रु ७५

बिनाेद भट्टराई
बाँके,काेहलपुरकाे गाेलपार्कस्थित भ्यू टावर काेहलपुर नगरपालिका आफैले संचालन गर्ने भएकाे छ।


भ्यु टावर भोलि माघ २६ गते देखि परिक्षणका लागी कोहलपुर नगरपालिकालेनै संचालन गर्न लागेकाे काेहलपुर नगरपालिका सामाजिक विकास समितिका संयाेजक इश्वरी प्रसाद वि.क.ले जानकारी दिए।
कुल लागत ५ कराेड ६३ लाखमा निर्माण गरिएकाे भ्यु टावर संचालनका लागि पटक पटक बाेलपत्र आब्हान गर्दापनि निवेदन नपरेपछि नगरपालिका स्वयंले संचालन गर्न लागेकाे हाे ।
भ्यू टावर प्रवेश शुल्क प्रति व्यक्ति रू ७५ कायम गरिएकाे सामाजिक विकास समिति संयाेजक वि. क. ले जानकारी दिए।

 

सम्बन्धित समाचार