पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ४ रुपैयाँ र ग्यासमा १५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको ह‌ो ।


निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ ।


ताजा समाचार