शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा थापा

बिनाेद भट्टराई
नेपालगन्ज , शिक्षक हित बचत तथा ऋण सहकारी संस्था बाँकेको बार्हाै वार्षिक साधारण सभा तथा तेस्राे अधिवेसनले सर्वसम्मत रुपमा कृष्ण बहादुर थापालाई अध्यक्षमा चयन गरेको छ ।

फाेटाे - बिन
फाेटाे – बिनाेद भट्टराई

अधिवेशनले उपाध्यक्षमा चिरन्जिबी सुवेदी ,सचिवमा भवानी प्रसाद चपाई र
कोषाध्यक्ष राजकुमार सापकोटालाई सर्वसम्मत रुपमा चयन गरेकाे निर्वाचन समितिका संयाेजक अधिवक्ता बाबुराम अधिकारीले जानकारी दिए।संचालक समितिका अन्य सदस्यहरुमा विमला श्रेष्ठ ,विणिदत्त घिमिरे ,विमला रावत,प्रदीपश्री अधिकारी र शाेभा रेग्मी निर्वचित भएका छन ।
अधिवेशनले लेखा समिति संयोजकमा ऋषि राम सापकोटा र सदस्यहरुमा कमलकुमार चाैधरी र सम्झना के सी लाई चयन गरेकाे छ।यसैगरी
शिक्षा समिती संयोजकमा सुन्दर गुरुङ र सदस्यहरुमा ओमप्रकास त्रिपाठी र हाेमनाथ गिरी चयन भएका छन ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उप महासचिव एकदेव पन्थीकाे प्रमुख आतिथ्यमा भएकाे उद्घाटन समाहराेहमा,संगठनका केन्द्रीय सदस्य बामदेव सुबेदी,संगठनका जिल्ला अध्यक्ष रेखा धिताल, शिक्षक महासंघ बाँके सचिव महेश शर्मा लगाएतकाे उपस्थिति रहेकाे थियाे।
शिक्षक बचत तथा ऋण सहकारी संस्थाका का वा अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितिकाे तर्फबाट का वा अध्यक्ष कृष्ण बहादुर थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयाेजक ऋषिराम सापकोटाले प्रतिवेदन पेश गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार सापकोटाले प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार