कोहलपुरमा भाेलीदेखि साताै मेयरकप रनिङ्गशिल्ड प्रतियोगिता शुरु हुदै
कोहलपुर ।

कोहलपुरमा भोलिदेखि सातौं अन्तर मा वि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता तथा १६ औं पालिका स्तरीय राष्ट्रपति छनौट प्रतियोगिताकाृ सम्पूर्ण तयारी पुरा भएकाे छ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु हुने प्रतियोगिताको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मंगलबार दिउँसो १ बजे कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघाह खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहकाे छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख आचार्यले अन्तर मावि मेयर कप तथा १६औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगितालाई खेल उत्सवका रुपमा लैजाने योजना पालिकाको रहेको बताए ।
उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने गरी अगाडि बढेको समेत बताए ।
उक्त प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका १३ सामुदायिक ,१ सामुदायिक गुठी र २२ संस्थागत गरी जम्मा ३६ माध्मामिक विद्यालयका १ हजार ३ सय ७ जना खेलाडीहरुले प्रतियोगितामा सहभागि हुनेछन् । जसमा छात्र ७ सय ६१ जना र छात्रा ५ सय ४६ जना रहेको अभिलेख समितिका संयाेजक टिकाराम शर्माले जानकारी दिए । प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट गरी जम्मा चार इभेन्टका १८ खेलहरु समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ ।
दिउसाे एक बजे उद्घाटन गर्ने भएपनि छात्रा कपर्दी र छात्र तथा छात्रा भलिवल भने विहान ७ बजेदेखि शुरु हुने अभिलेख समितिका संयाेजक शर्माले बताए।
सातौं अन्तर मावि मेयर कप तथा १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट करिव एक सय जना खेलाडीहरु जिल्लामा हुने प्रतियोगितामा छनौट हुनेछन् ।
कोहलपुर नगरपालिका जिल्ला स्तरीय प्रतियोगितामा लगातार दुई वर्षदेखि प्रथम हुँदै आएको छ । गत वर्ष जिल्ला स्तरीय प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम भएको थियो । जसमा २१ गोल्डमेडल, २२ शिल्भर र २९ कास्य पदक सहित जिल्ला प्रथम भएको थियो ।




