आज गोर्खा व्वाईज र सुदरपश्चिम ११ विच प्रतिस्पर्धा हुने

 

१६ कार्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा हिजाेदेखि शुरु भएकाे मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता आज गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल र सुदरपश्चिम ११ स्पोर्ट क्लब धनगढी विच प्रतिस्पर्धा हुने भएकाे छ।


आज दिउसाेकाे २ बजेबाट खेल सुरु हुने काेहलपुर साहरा क्लवका सचिव नव किरण शाहले जानकारी दिए ।
हिजाे भएकाे पहिलाे खेलमा चर्च ब्वाइजले आयोजक काेहलपुर साहारा क्लवलाई पेनाल्टी सुट आउटमा (४—५) गोलको अन्तरले पराजित गरेको हो । उक्त खेलमा ब्वाइज क्लबका गोलकीप्पर अविशेक चौधरी म्यान अफ द म्याच घाेषित भएका थिए ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार चार लाखसहित ट्रफी प्रदान गरिनेछ । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ


ताजा समाचार