मुख्यमन्त्री कोहलपुर गोल्डकप, उद्घाटन खेलमा चर्च ब्वाइज विजयी

 

१५ कार्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि शुरु भएकाे मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिताकाे उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी भएकाे छ।

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइजले आयोजक काेहलपुर साहारा क्लवलाई पेनाल्टी सुट आउटमा (४—५) गोलको अन्तरले पराजित गरेको हो ।  निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा चर्च ब्वाइजले विजयी सुरुवात गरेको हाे । आजकाे खेलमा ब्वाइज क्लबका गोलकीप्पर अविशेक चौधरी म्यान अफ द म्याच घाेषित भएका थिए ।


यसअघि प्रतियोगिताकाे उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमका बिच गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले देशवासीलाई एकताको सन्देश दिने भन्दै कोहलपुर गोल्डकपलाई प्रदेशको नियमित कार्यक्रममा समावेश गरिने बताएका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रसाद भट्टराई लगायतले कोहलपुर गोल्ड कपलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितामा बिहिबार (भोली) गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल र सुदरपश्चिम ११ स्पोर्ट क्लब धनगढी विच प्रतिस्पर्धा हुने खेल संयोजक राम बहादुर मल्ले बताए । मल्लका अनुसार भोली २ बजेबाट खेल सुरु हुने छ ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार चार लाखसहित ट्रफी प्रदान गरिनेछ । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ

फाेटाे- सामाजिक संजाल

सम्बन्धित समाचार