आज बाँके शिक्षा विकास तथा समन्वय एकाईमा ११ बजेदेखि धर्ना हुने

नेपाल शिक्षक महासंघले पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिने भएका छन् । शिक्षक महासंघको निर्देशनमा देशैभरका शिक्षा विकास तथा समन्वय एकाईमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिने भएका हुन् ।
बाँकेमा पनि विहान ११ बजेदेखि धर्ना हुने महासंघ बाँकेका सचिव महेश शर्माले जानकारी दिए।धर्नामा महासंघका जिलाला समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु, पेशागत घटकका जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु,प्रदेश,संघमा प्रतिनिधित्व गर्ने नेताहरु ,पालिका कमिटी लगाएतलाई उपस्थित हुा महासंघले आग्रह गरेकाे छ।


अहिलेकाे प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेकको भन्दै महासंघले आन्दोलन गरिरहेको छ ।
मस्यौदामा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरु उचित ढङ्गबाट नसमेटिएको र स्थायी अस्थायी करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै मागमुद्दाको सम्बोधन नगरेको शिक्षकहरुको ठहर छ ।

त्यसै गरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुराने प्रणालीबाट पेन्सन दिनु पर्ने माग समेत माग गरेको छ । यसमा समेटिएको छैन । समग्रमा यसले शिक्षक कर्मचारीका मुख्य मागमुद्दा सम्बोधन नगरेको मात्र होइन, शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथि समेत गम्भीर प्रहार गरेको छ महासंघले भनेको छ ।

नेपाल शिक्षक महासङ्घले साउन २८ गतेबाट देशव्यापी आन्दोलन शुरु गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार २०८० साउन २८ गते देशका सबै पालिकामा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा महासङ्घ र सरकार बीच भएका ३० बुँदे र ५१ बुंदे सहमती पत्र सहित जानकारी पत्र बुझाएका छन् । साथै आज देशका सबै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा सरकारसँग भएको सहमतिको जानकारी पत्र पेश गर्ने तथा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ ।

सम्बन्धित समाचार