शिक्षा विधेयक विरुद्ध आन्दोलन घाेषणा गर्दै शिक्षक महासंघ
बिनाेद भट्टराई
काठमाडौं

आज संसदमा दर्ता हुने भनिएकाे शिक्षा विधेयक शिक्षक तथा विद्यालय कर्मचारीकाे हितमा नभए आन्दाेनल जाने शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताउनु भएकाे छ।
शिक्षक महासंघले आइतबार काठमाडौंकाे दरबार हाइस्कुलमा गरेकाे महासंघ ,पेसागत महासंघका अध्यक्षहरु, राहत शिक्षक, बालविकाश शिक्षक लगाएतकाे छलफल कार्यक्रममा बक्ताहरुले शिक्षा विधेयक शिक्षककाे पक्षमा नभए महासंघकाेे नेतृत्वमा कडा आन्दोलनमा जानुपर्ने बताए।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बाहिर आएजस्तै भए शिक्षा विधेयक शिक्षककाे अहितमा रहेकाेले बाध्य भएर शिक्षक आन्देलित भएका महासंघका अध्यक्ष तुलाधरले बताउनु भयाे । “बाहिर आएजस्तै शिक्षा विधेयक संसदमा दर्ता भएमा यसले शिक्षकलाई अपमान गरेकाे छ।”- अध्यक्ष तुलाधरले बताउनु भयाे।अध्यक्ष तुलाधरले आफुहरु आन्दाेलन गर्न नपराेस सरकारले कुरा सुनास भन्ने पक्षमा रहेकाे बताउनु भयाे। उहाँले भन्नुभयाे “पर्सि आन्दोलन घाेषणा गर्छाै।एकीकृत आन्दोलन गर्ने छाै ।”
छलफलमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारीले विभिन्न समयमा सरकारले गरेका सम्झाैता अक्षरण पालना हुने गरि शिक्षा ऐन आउनुपर्ने बताउनु भयाे।अहिले बजारमा आएकाे जस्तै शिक्षा विधेयक दर्ता भएमा शिक्षक असुरक्षित हुने बताउनु भयाे।अध्यक्ष भण्डारीले सरकारले हाम्रा कुरा नसुनेमा शिक्षकले आन्दाेलबाट आफ्ना मागहरु पूरा गराउने बताउनु भयाे।
नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष साेमनाथ गिरीले अहिलेकाे शिक्षा विधेयक २०२८ भन्दा प्रतिगामी शिक्षा ऐन आउन लागेकाे बताउनु भयाे।
शिक्षा ऐनले शिक्षककाे समस्याकाे समाधान हुनुपर्ने बताउदै अहिलेकाे शिक्षा विधेयक प्रतिगामी भएर आएकाे छ र शिक्षक आन्दोलनले अग्रगामी बनाउन पर्ने बताउनु भयाे ।अध्यक्ष गिरीले अबकाे शिक्षककाे आन्दोलनले नगदमा काराेवार गर्ने बताउनु भयाे। राज्यले शिक्षकलाई सम्मान भन्दा पनि अपमान गर्न थालेकाे र शिक्षकलाई कसरी दुख दिन सकिन्छ भन्नेमा ऐनमा जाेड दिएकाे पाइएकाे उहाँको भनाई छ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले
शिक्षकहरु ऐकबद्द भएर आन्दाेलन गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले आन्दाेलन नगरी सरकारले शिक्षककाे कुरा नसुनेकाेले आन्दोलनमा जानुपर्नेमा जाेड दिनुभयाे।महासंघ सह अध्यक्ष एवं आन्दोलन परिचालन कमिटिका संयाेजक
नानुमाया पराजुलिले चाकडी नगर्ने शिक्षककाेकाे जागिर धरापमा रहेकाे बताउनु भयाे।उहाँले भन्नुभयो ,”ऐनले मेयरकाे चाकडी गराउन प्रेरित गरेकाे छ।”महासंघमा सबैघटक एक भएकाे सबै मिलेर आन्दाेलन गर्ने उहाँको भनाई थियाे।
कार्यक्रममा राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षक विसाै वर्ष शिक्षण गरिसकेकाे हुनाले सामान्य प्रकृया पुर्याएर स्थायी गर्नुपर्ने वा याेगदानमा आधारित उपदानकाे व्यवस्था गर्नुपर्ने माग राख्नुभयाे।
कार्यक्रममा नेपाल वालविकास शिक्षकका केन्द्रीय अध्यक्ष कष्णा कुमारी थापा लगाएतले आ आफ्नाे धारणा राखेका थिए।




