अनेरास्ववियु बांके बृहत सदस्यता बितरण अभियानमा

एक महिनामा २ हजार नयाँ सदस्य थप्न्रे लक्ष्य

काेहलपुर,बाँके


अनेरास्ववियु बांके बृहत सदस्यता बितरण अभियानमा जुटेकाे छ।
एक महिनामा २ हजार बढि सदस्य थप्ने याेजनाका साथ बृहत सदस्यता बितरण अभियानमा जुटेकाे अनेरास्ववियुका केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सुमन घिमिरेले बताए।
बुधबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बाट बृहत सदस्यता बितरण अभियानमाकाे शुरुवात गर्दै अनेरास्ववियु बांके इन्चार्ज सुमन घिमिरेले भने-” स्वतन्त्रका नाममा आम ब्यक्ति , बिद्यार्थी मा जसरी पुराना संगठन , पार्टी गलत हुन भन्ने व्याख्या गरिएको छ त्यसलाई चिरेर नयाँ पुस्तालाइ अनेरास्ववियु र नेकपा एमाले सङ जोड्ने यसकाे प्रमुख लक्ष्य हो ।” एक महिनामा २ हजार नयाँ सदस्य थप्न्रे लक्ष्य भएकाे इन्चार्ज घिमिरेले बताए।उनले भने -”
जिल्ला भरी साउन महिनामा २ हजार सदस्यता बितरण गरिनेछ।”
बुधबार अभियानकाे पहिलाे दिन महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज ५० जना बिधार्थीलाई सदस्यता बितरण गरिएको छ ।”expoler new genertion”भन्ने मुख्य नाराका साथ यो अभियान सुरुवात गरिएको हो ।


ताजा समाचार