काेहलपुरका शिक्षकले गत वर्षदेखि नै मासिकरुपमा तलब पाइरहेका छन
बिनाेद भट्टराई
काेहलपुर २ फागुन । काेहलपुर नगरपालिकाले नगरभित्रका सरकारी स्कुलका शिक्षकहरुले गत वर्षदेखि मासिक तलब बुझिरहेका छन।
काेहलपुर नगरपालिकाले आ ब २०७९/०८० देखि नै नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीकाे तलब मासिक रुपमा विद्यालयकाे खातामा पठाउदै आएकाे छ।

सामूदायिक विद्यालयका शिक्षकहरुले त्रैमासिक रुपमा तलब पाउने व्यवस्था संघीय सरकारले गरेको छ। तर काेहलपुर नगरपालिकाले भने उनीहरूलाई मासिकरूपमै तलब खुवाउदै आएकाे छ ।
तीन महिनामा एकपटक तलब पठाउदा शिक्षकहरुलाई समस्या हुन सक्ने कुरालाई विचार गरेर काेहलपुर नगरपालिकाले गत आर्थिक वर्ष देखि नै मासिक रुपमा शिक्षक तथा विद्यालय कर्मचारीकाे तलव भत्ताकाे रकम विद्यालयकाे खातामा पठाउने गरेकाे काेहलपुर नगरपालिका का उप प्रमुख संगिता सुवेदीले बताउनु भयाे।
उप प्रमुख सुवेदीले भन्नुभयाे,- ‘ त्रैमासिक रुपमा केन्द्रिय सरकारबाट आउने बजेट गत आर्थिक वर्ष देखि नै हामीले हरेक महिना नगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षक कर्मचारीहरुले तलव भत्ता मासिक रुपमा नै पाउने व्यवस्था गरेका छौं।’
काेहलपुर नगरपालिकाका लेखा प्रमुख युवराज अधिकारीले कहिलेकाही समयमा पठाउन नसकिएकाे भए पनि याे वर्ष यसलाई थप सुधार गर्ने बताउनु भयाे ।




