बाँकेमा (TVRS) Traffic Violence Record System लागू हुदै

बिनाेद भट्टराई

काेहलपुर,बाँके
जिल्ला ट्राफिक कार्यालय बाँकेले भाेली साउन १ गतेबाट (TVRS) Traffic Violence Record System प्रणाली लागु हुने भएकाे छ।


सवारी नियम उल्लंघन कसूरहरुको जरिवाना वापत राजश्व संकलन बैंकिङ प्रणाली (TVRS) Traffic Violence Record System बाट हुन लागेकाे जिल्ला ट्रफिक कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिनुभयाे ।याे नियम बाँकेमा पहिलाेपटक लागू हुन लागेकाे हाे । अबदेखि ट्राफिक प्रहरीबाट हुने कारवाही तथा राजश्व Traffic Violence Record System (TVRS) बाट हुने हुदाँ Online Payment (eSewa, fonepay, connectIPS, Mobile/Internet Banking) तथा राष्ट्रिय वाणिज्य बैंकमा भौचर मार्फत रकम भुक्तान गर्न सकिने ट्राफिक प्रहरी प्रमुख सुनारले दैनिक उज्यालो लाई जानकारी दिनुभयाे ।
याे प्रणाली लागू भएपछि कसुर बापत बुझाउनु पर्ने राजस्व नगद लिने छैनन। यसले गर्दा सवारी साधनकाे कारबाहीको रेकर्ड रहनुका साथै नगद बुझाउने झन्जट हुने छैन।


ताजा समाचार