समयमा IEMIS नभरेपछि काेहलपुरका १३ विधालय कारवाहिमा

बिनाेद भट्टराई
काेहलपुर ,ताेकिएकाे समयमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) समयमा नभरेका विद्यालयहरुलाई काेहलपुर नगरपालिकाले कारवाही गरेकाे छ।
शैशिक वर्ष २०८० काे एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) नभरेका काेहलपुरका १३ वटा संस्थागत विद्यालयहरु कारवाहीमा परेका हुन। समयमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS)नभर्ने विद्यालयलाई रु २५ हजारका दरले जरिवाना गरिने काेहलपुर नगरपालिका नगर शिक्षा ,युवा तथा खेलकुद शाखाले जनाएकाे छ। नगर शिक्षाले आजकाे मितिदेखि ७ दिनभित्र जरिवाना बुझाउन निर्देशन समेत दिएकाे छ। ताेकिएकाे समयमा जरिवाना नबुझाएमा दर्ता खारेज सम्म गरिने नगर शिक्षाले जनाएकाे छ। यी हुन कारवाहिमा परेका विद्यालयहरु।

सम्बन्धित समाचार