माैसममा सुधार नदेखिएपछि काेहलपुरमा जेठ ३० सम्म गर्मी विदा
२७ जेठ, काेहलपुर । अत्यधिक गर्मीका कारण काेहलपुर नगरपालिकाले जेठ २८ देखि ३० गतेसम्म जम्मा ३ दिन गर्मी विदा थप गरेकाे छ।


अत्याधुनिक गर्मी बढेपछि पहिलाेवटक ३ दिन र थप २ दिन गरि जम्मा ५ दिन गर्मी विदा गरेकाे काेहलपुर नगरपालिकाले पुन ३ दिन गर्मी विदा थप गरेकाे हाे।
अत्याधिक गर्मीले साना साना बालबालिका बढी प्रभावित भएको भन्दै नगरपालिकाले जेठ २२ ,२३ र २४ गरि ३ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे थियाे भने पुन २५ र २६ गते विदा थप गरेकाे थियाे।
अझै पनि माैसममा सुधार नआएकाे भन्दै नगरपालिकाले जेठ २८,२९ र ३० गते गरि ३ दिन गर्मी विदा थप गरेकाे काेहलपुर नगर शिक्षा शाखाले जनाएकाे छ।
बाँके जिल्लामा एक सातायता अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । भौतिक संरचना राम्रो नभएका कतिपय विद्यालयमा विद्यार्थीहरु विरामी हुने , बेहाेस हुने जस्तो अवस्था देखिएपछि काेहलपुर लगाएत बाँके जिल्लाका अधिकांश स्थानिय तहले विद्यालय बन्द गरेका छन ।

 

 

सम्बन्धित समाचार