अत्यधिक तापक्रम बढेपछि बाँसगढीमा गर्मी विदा

 

अत्यधिक तापक्रम बढेपछि बाँसगढीमा गर्मी विदा

२६ जेठ, बर्दिया, गर्मी बढेपछि बर्दियाकाे बाँसगढी नगरपालिका विद्यालयमा गर्मी विदा गरिएको छ ।

अत्याधिक गर्मी बढेकाे र जल तथा माैसम पुर्वानुमान महाशाखाकाेले अझै ५ दिन लु चल्ने भन्ने सुचनालाई मध्येनजर गर्दै बालबालिकालाई स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै बाँसगढी नगरपालिकाका विद्यालयमा जेठ २८ गतेदेखि असार १ गतेसम्म गर्मी विदा दिएको हो।
गर्मीका कारण पठनपाठनमा समस्या हुने भन्दै बाँसगढी पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी विदा गरिएको शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले जानकारी दिए।

सम्बन्धित समाचार