माैसममा सुधार नदेखिएपछि काेहलपुरमा थप २ दिन गर्मी विदा

 

२४ जेठ, काेहलपुर । अध्यधिक गर्मीका कारण ३ दिन गर्मी बिदा दिएकाे काेहलपुर नगरपालिकाले गर्मी विदा २ दिन थप गरेकाे छ।
अत्याधिक गर्मीले साना साना बालबालिका बढी प्रभावित भएको भन्दै नगरपालिकाले गत आइतवार जेठ २२ ,२३ र २४ गरि ३ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे थियाे।
अझै पनि माैसममा सुधार नआएकाे भन्दै नगरपालिकाले जेठ २५ र २६ गते गरि २ दिन गर्मी विदा थप गरेकाे काेहलपुर नगर शिक्षा

शाखाले जनाएकाे छ।

बाँके जिल्लामा एक सातायता अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । भौतिक संरचना राम्रो नभएका कतिपय विद्यालयमा विद्यार्थीहरु विरामी हुने , बेहाेस हुने जस्तो अवस्था देखिएपछि काेहलपुर लगाएत बाँके जिल्लाका अधिकांश स्थानिय तहले विद्यालय बन्द गरेका छन ।
काेहलपुरमा कक्षा ११ काे परीक्षा भने यथावत संचालन भइरहेकाे छ ।

 

 

 

सम्बन्धित समाचार