काेहलपुरका संघिय अनुदान शिक्षकले मंसिरदेखि पाएनन तलब

अनिता अधिकारी
काेहलपुर,बाँके


काेहलपुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा संघिय अनुदानमा कार्यरत डेढ दर्जन शिक्षकले ६ महिनादेखि तलब पाएका छैनन् । संघिय अनुदान बापतकाे पूरा तलब नआयकाे भन्दै नगरपालिकाले गत मंसिर यता तलब निकासा नगरेपछि शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् ।
काेहलपुर नगरपालिकामा संघिय अनुदानबाट तलब भत्ता खाने १७ जना शिक्षक रहेका छन।
आज काेहलपुर नगरपालिकाभित्र कार्यरत संघिय अनुदानका शिक्षककाे बैठक बसी तलव निकासामा सहयाेग गर्न सराेकार पक्षसंग आग्रह गरेका छन। भाेकाे पेटमा काम गर्न अब नसकिने संघिय शिक्षक संघर्ष समिति,काेहलपुरका अध्यक्ष तिलक बुढाथाेकीले बताए। उनले भने,” तलव आउने आशामा ६ महिना नबाेलेर काम गर्याै अब पनि तलब निकासा नभए बाध्य भएर आन्दाेनमा जानुकाे बिकल्प छैन।”


तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको सरस्वती माध्यमिक विद्यालयका शिक्षक हर्क बहादुर रानाले बताए । उनी संघिय अनुदान शिक्षककाे रुपमा पढाइरहेका छन् । ‘ उनले भने, ‘तलब नपाउँदा घरखर्च धान्न गाह्रो भएको छ ।’ आफन्त र साथीहरूसँग सापटी मागेर जीविकोपार्जन गर्न बाध्य भएको उनको गुनासो छ ।
काेहलपुर नगरपालिका नगर शिक्षा शाखाका शाखा अधिकृत रविलाल मिजारले नपुग रकम निकासाका लागि पहल भैरहेकाे बताए। “केही दिनमै बाँकी रकम आउने आशामा हामी छाै।”-अधिकृत मिजारले भने। शिक्षक महासंघ काेहलपुर अध्यक्ष रामप्रसाद चापागाईं, शिक्षक संघ बाँके अध्यक्ष ऋषिरा शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके जिल्ला सदस्य तथा काेहलपुर इन्चार्ज बिनाेद भट्टराई , ज्ञान ज्याेति मा वि बगियाका प्रअ गाेविन्द ढकाल लगाएतले शिक्षकहरुले समयमै तलब पाउनुपर्ने बताए।

 

सम्बन्धित समाचार