शिक्षक संगठन बाँकेको २४औ परिषद सम्पन्न
नेपालगन्ज
समयपत्र -२०८० बैशाख ३१ गते
नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँककोे २४ औ जिल्ला परिषद सम्पन्न भएको छ । बैशाख ३० गते विविध कार्यक्रमसहित संगठनले आफ्नो जिल्ला परिषद सम्पन्न गरेको हो ।
नेपालगञ्जमा भएको जिल्ला परिषदमा प्रकाशन विभागद्धारा प्रकाशित हाम्रो जमर्को नामक स्मारिका समेत विमोचन गरिएको छ ।विभिन्न विद्यालयसंग सम्बन्धित व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे संगठनले जनाएकाे छ ।परिषदकाे अवसर पारेर बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, बालबिकास शिक्षक, बिद्यालय कर्मचारी र मौलानालाई सम्मान गरिएको गरिएको थियो ।
साथै परिषदमा एस ईई परीक्षा २०७८ मा बाँके जिल्लाबाट उत्कृष्ट नतिजा प्राप्त गर्र्ने सामुुदायिक विद्यालयका छात्रहरुमध्ये धम्बेझी माध्यमिक बिद्यालयका अंश मिश्र र लाक्ष्मी मााध्यमिक बिद्यालय मदुुईकी छात्रा दुुर्गा देवकोटालाई बधाइ तथा शुुभकामनासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जनज्ञान ज्योती माध्यमिक बिद्यालयका अध्यक्ष खिमलाल शर्मा, ज्ञानोदय नमुुना मा.विका अध्यक्ष भिमसरा भण्डारी, प्रभात मा.वि.जि.गाउँमा कार्यरत बालबिकास शिक्षक गिता नेपाली र कालिका प्रा.वि जानकी ४ मा कार्यरत विद्यालय कर्मचारी सुुदामा लोनिया सम्मानित हुुनुुभएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थिक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।संगठन बाँके अध्यक्ष रेखा धितालको अध्यक्षता र संगठनको राष्ट्रिय समितिका उप महासचिव एकदेव पन्थीको प्रमुुख आथित्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बि सी ,प्राज्ञ सदस्य महानन्द ढकाल, संगठनका पुुर्व अध्यक्ष डम्बरराज सुुबेदी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुुर खत्रीले गर्नुभएको थियो । बाँके जिल्लाका ८ वटै पालिकाको गाउँ नगर परिषद सम्पन्न गरि आयोजना गरिएको जिल्ला परिषदमा सबै पालिकाबाट २०० बढी शिक्षकको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले बजेटमार्फत गरेको व्यवस्था तथा श्रम ऐन समेत बिरुद्ध बाँकेको डुुडुुवा गाउँपालिकाले बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई न्युुनतम तलब नदिएको कुुराको भत्र्सना गर्दै राष्ट्रिय रुपमा कुुरा उठाउने र नयाँ शिक्षा ऐनले मात्रै राहात, अनुुदान, बालबिकास, कर्मचारीका माग सम्बोधनको बाटो खोल्ने हुुँदा नेपाल राष्ट्रिय शिक्षक संगठन छिटो संघीय शिक्षा ऐन पारित हुुनुुपर्ने कुुरामा लागेको पन्थीले बताउनुुभयो ।
कार्यक्रममा मन्तव्य राख्ने संगठनका नेताहरुले शिक्षक संगठन पेशागत हकहितका साथै शैक्षिक गुुणस्तरमा समेत सजग रहनुु पर्ने भन्दै कक्षा कोठामा संगठन आबद्ध शिक्षक अब्बल हुुनै पर्र्ने कुुरामा जोड दिएका थिए ।