काेहलपुरकाे अतिक्रमित जग्गा खाली गर्नुपर्छ- सांसद ढकाल

कोहलपुर\ बाँके क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालले कोहलपुरका अतिक्रमित नगर विकास समितिकाे जग्गा खाली गराउनुपर्ने बताएका छन।
शनिबार आज कोहलपुरका पत्रकारहरु सँग कुरा गर्दै ढकालले समग्र कोहलपुरको विकासका लागि सरकारी अतिक्रमित भूमि र्फिता हुनु पर्ने बताए । ढकालले काेहलपुरलाई सबैकाे गन्तब्य बनाउनु पर्नेमा जाेड दिए।उनले भने-” काेहलपुरलाई सबैकाे गन्तब्य बनाउन शैक्षिक हव बनाउनु पर्छ।” सांसद ढकालले काेहलपुरलाई शैक्षिक हव बनाउन आफू नेतृत्व गर्न तयार रहृकाे बताए।
बाँकेको नरैनापुर गाउँपालिकाको विकासमा युवा सम्मेलन गर्ने र युवाहरुकाे सुझावका आधारमा काम गर्ने उदेश्य लिएको ढकालले बताए
उनले बाँकेमा रोजगार निमार्ण गर्नाका लागि बाँके नौवस्ता औद्योगिक निमार्ण र बैजनाथ गाउँपालिका स्थित गाभर भ्यालीको स्तर उन्नती ,राप्तिनदिमा तटबन्ध,चप्परगाैडी घुइयावारि सडक निर्माण आफ्नाे प्राथमिकतामा रहने जानकारी दिए।
उनले बाँकेलाई अन्तरप्रदेश सँग जोड्न सरकारी तहमा नीतिगत सुधार र समन्वयन गर्नाका लागि आफु प्रतिवद्ध रहेको समेत बताएका छन।
निर्वाचनमा बाँकेका सबै पत्रकारहरुको साथ सहयोग रहेको औल्याउदै यस्तै साथ सहयोगको अपेक्षा अबका ५ वर्ष सम्म सबैकाे सकारात्मक सहयाेगकाे अपेक्षा गरेकाे बताए ।

उनले समग्र संचारको विकास गर्नाका लागि उद्योग व्यापार संघ ,स्थानीय सरोकारवाला सँग समन्वय गर्ने पनि बताएका छन। पत्रकार भेटघाटमा उनले समग्र बाँकेको विकासमा सल्लाह सुझाव दिन समेत आग्रह गरेका थिए ।

 

सम्बन्धित समाचार