उत्कृष्ट खेलाडीलाई नगद ५१ हजार दिने नगर प्रमुख आचार्यकाे घाेषणा
काेहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले काेहलपुर नगरस्तरिय छैटाैं मेयरकप रनिङशील्डमा वर्षकाे सर्बाेकृष्ट खेलाडीलाई ब्यक्तिगत रुपमा ५१ हजार नगर पुरस्कार दिने घाेषणा गरेका छन।
बाँकेको कोहलपुरमा छैटाै अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा बाेल्दै कोहलपुर नगरपालिका नगर प्रमुख एवं प्रतियाेगिता संचालन मूल समितिका संयाेजक पुर्ण प्रसाद आचार्यले विद्यालय स्तरमा खेलकुदलाई नगरपालिकाले प्राथमिकतामा राखेकाे बताए। नगर प्रमुख आचार्यले स्थानिय सरकारकाे न्यून स्राेतकाे हुदा पनि विद्यार्थीले उत्कृष्ट खेल प्रदर्शन गरेकाे बताउदै आगामी वर्षदेखि रनिङ्गशील्डकाे रकम दाेब्बर गरिने घाेषणा गरे। मेयर आचार्यले बाल बालिकाकाे सर्वाङ्गिण बिकासका लागि खेल जिवनकाे महत्त्व रहेकाे बताए। मेयर आचार्यले हिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन खेलकुदलाई पनि सगसगै अगाडि बढाउनुपर्ने बताए।
। प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको संचालन तथा व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हाे । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चाैधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै खेलकुदले बालबालिकाकाे शारीरिक र मानसिक विकासमा सहयाेग पुग्ने बताए।
उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य काेहलपुर नगर खेलकुद विकास समितिका बुद्धि थापाले तथा रनिङ्गशील्डकाे व्यवस्थापनकाे बारेमा कृष्ण मा वि का प्रअ दउलिप वलीले जानकारी गराएका थिए।
उद्घाटन कार्यक्रममा काेहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदी, काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल,काेहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रतिनिधि ,शिक्षक,विद्यार्थी तथा खेलप्रेमीहरुकाे सहभागीता रहेकाे थियाे।
उद्घाटन कार्यक्रममा विभिन्न बिद्यालयहरुले मार्चपास पर्दशन गरेका थिए । आजै खेल प्राविधिकका तर्फ बाट महेश चन्द र खेलाडीका तर्फबाट गाेरखा युनाइटेडका खेलाडी प्रेम बहादुर बुढाथोकीले सफत लिएका थिए।