काेहलपुरमा नगर उपप्रमुख छात्रावृत्ति वितरण

कोहलपुर नगरपालिकाले नगर उपप्रमुख छात्रावृत्ति वितरण गरेको छ ।


विएलई र एसइईमा उत्कृष्ट १० जना विद्यार्थीलाई नगरपालिकाले एक कार्यक्रमकाे आयाेजना गरि छात्रवृत्ति वितरण गरिएको हो । सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई जनही साढे सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा अधिकृत रवि मिजारले जानकारी दिनुभयो । एसइईतर्फ त्रिभुवन उच्च मावि विद्यानगरकी आयुशा वली र प्रशान्त बुढाथोकी संस्थागत तर्फ गोर्खा युनाइटेडका अनुज पौडेल, लक्ष्मी गुप्ता र अनुराग शाही यस्तै विएलई तर्फ कृष्ण मावि कौशिलानगरकी सदिक्षा अधिकारी, त्रिभुवन माविका अंकित पौडेल, ब्रिज इन्टरनेशनल स्कुलका सिम्रण थापा, पञ्चमुखि इंग्लिस मिडियम स्कुलका सुमित यादव र बागेश्वरी एकेडेमीका गोपाल जंग खत्रीलाई छात्रावृत्ति वितरण गरिएको हो । उत्कृष्ट विद्यार्थीलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीलगायतले नगद र प्रमाणपत्रले सम्मानित समेत गर्नुभएको थियो । छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्य,काेहलपुर नगर शिक्षा प्रमुख रामबहादुर हमाल,काेहलपुर नगरभित्रका सामुदायिक विधालयका प्रधानाध्यापक लगाएतकाे उपस्थिति रहेकाे थियाे।


ताजा समाचार