कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं – नगर प्रमुख आचार्य

कोहलपुर,


बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हवकारुपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्धारमा रहेको  कोहलपुरलाई शैक्षिक हवकारुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको आज एक कार्यक्रमका वक्ताहरूले बताएका छन। सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक एवम् क्षमता विकास सम्बन्धी शनिवार (आज) देखि नगरपालिकामा सुरु भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने स्पष्ट पारेका छन। ‘कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं । ‘राम्रो काम गर्दा गर्दै पनि कर्मचारीमाथि अनावश्यक दवाव दिने प्रवृत्ति देखिएको छ अव त्यसलाई निरुत्साहित गरिन्छ। उनले भने–‘कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि सबैको भूमिका महत्वपूर्ण छ ।’ उनले कर्मचारीहरुलाई भयरहित तरिकाले काम गर्ने वातावरण निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताउँदै कसैको दवाव र प्रभाव स्विकार्य नहुने बताए । उनले कोहलपुरको शैक्षिक गुणस्तर सुधारकै निमित्त शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका जितबहादुर शाहलाई विज्ञकारुपमा नियुक्त गरिएको पनि स्पष्ट पारे । विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि प्रविधिमैत्री बनाउने सवालमा पनि नगरपालिका प्रयत्नशील रहेको उल्लेख गरेका छन। यस्तै कार्यक्रममा बोल्दै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि प्राज्ञिक नेतृत्व जरुरी रहेको बताए । प्रशासनिक नेतृत्वले शैक्षिक गुणस्तर सुधार सम्भव नभएकाले विद्यालयको नेतृत्वले विद्यालयलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको बताए । भोलिसम्म चल्ने तालिममा कोहलपुरका सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षगरी करिव ७० जनाको सहभागिता रहेको छ । उनीहरुलाई नगरपालिकाका शिक्षा विज्ञ जितबहादुर शाहले प्रशिक्षण दिनु हुनेछ । कार्यक्रममा विद्यालयका प्रअहरुले विद्यालयको गतिविधि र योजनाबारे जानकारी गराएका थिए । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा शिक्षा शाखा प्रमुख हमालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन रवी मिजारले गर्नु भएको थियो । तालिममा उपप्रमुख संगिता सुवेदी, प्रशासकिय अधिकृत टीकाराम ढकाल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार