जिम्मेवारी पाएमा सबैखाले बेथिति अन्त्य गर्न लागि पर्नेछु – स्वतन्त्र पार्टीका उमेदवार काफ्ले

 

बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द बाबु काफ्लेले जनताले आफुलाई जिम्मेवारी दिएमा आफू सबैखाले बेथिति अन्त्य गरी देश बनाउन लागी पर्ने बताएका छन।


उम्मेदवार काफ्लेले आइतबार काेहलपुरमा पत्रकारशितअन्तरक्रिया कार्यक्रम बोल्दै पुराना दलले झण्डा फरक फरक ल्याए पनि धन्दा भने सबै मिलेर राष्ट्र दाेहन गरिरहेकाे आराेप लगाए। उमेदवार काफ्लेले नेपालमा पुराना दलका नेताहरुले अनैतिक क्रियाकलापबाट जनता निरास भएकाे बताउदै जन भावना अनुसार नीति बनाउन र कार्यान्वयन गर्न आफुले उमेदवारी दिएकाे स्पष्ट पारे।
काफ्लेले अहिलेकाे अवस्थामा प्रदेश सरकारको औचित्य नभएको भन्दै प्रदेश सरकार सानो र कम खर्चिलो बनाउनुपर्ने बताए। उनले भने-” देशमा सुशासन र समृद्धिका लागि स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न सबै मतदानमा अनुराेध गर्दछु” । उम्मेदवार काफ्लेले सरकारले उपलब्ध गराउदै आएकाे सांसद विकास कोषको बजेट दुरुपयोग भएकाे भन्दै यसलाई खारेज गरिनुपर्ने बताए।

 

सम्बन्धित समाचार