झिलिमिली पिपरी

काेहलपुर,


कोहलपुर नगरपालिकाको उज्ज्यालो कोहलपुर अभियान अन्तर्गत पिपरी बजार क्षेत्रमा सडकवत्ती बल्न थालेका छन। कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत वडा नं. ८ पिपरी बजार क्षेत्रका सडकमा वत्ती जडान गरेपछि पिपरी बजार क्षेत्र झिलिमिली भएकाे छ। कोहलपुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष लालबहादुर रानाका अनुसार १८ वटा सडकवत्ती जडान गरिएको छ । ‘नगरपालिकाको उज्ज्यालो कोहलपुर बनाउने अभियानअनुसार नै सडकवत्ती जडान भएको हो वडाअध्यक्ष रानाले भन्नुभयो–‘यसले एकातिर बजार क्षेत्रलाई उज्ज्यालो बनाउने काम गरेको छ भने अर्कोतर्फ आकर्षण पनि थपेको छ ।’ कोहलपुर नगरपालिकाले यसअघि पहिलो चरणमा चौराहदेखि गोल्छासम्म सडकवत्ती जडान गरिसकेको छ । सडकवत्ती जडानपछि रात्रीकालीन यात्रामा समेत सहज हुने अपेक्षा गरिएको छ । उज्ज्यालो कोहलपुर अभियान अन्तर्गत दोस्रो चरणमा पिपरी बजार क्षेत्रमा सडकवत्ती जडान गरिएको नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनभयो ।

सम्बन्धित समाचार