जनताको सेवक बन्न चाहन्छु :एमाले नेता सूर्य ढकाल

काेहलपुर


नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र न १ का उमेदवार सूर्य ढकालले जनताको सेवक बन्नका लागि आफूले उमेदवारी दिएको बताएका छन् ।

बिहिबार जनतासंग भेटघाट कार्यक्रममा उनले आफूले जिते शासक नभई जनताको सेवक बन्ने बताएका हुन् । उनले भने , “जनताको शासक बन्नका लागि म प्रतिनिधि सभा सदस्यकाे उमेदवार भएकाे होइन । म जनताको सेवक बन्न चाहन्छु” । बाँकेलाई विकासकाे दृष्टिले उत्कृष्ट जिल्ला बनाउन आफू सधै लागिरहेकाे बताउदै नीति बनाउने ठाउँमा पुगेपछि आफुलाई बाँके जिल्लाकाे समग्र विकास गर्न झन सहज हुने उनकाे भनाई थियाे । नेता ढकालले आफुले सधै न्यायको पक्षमा,किसानकाे पक्षमम र राज्यकाे पहुचमा नभएका आम नागरिकको पक्षमा आवज उठाउने स्पष्ट पारे ।


ताजा समाचार