फुटपाथ खाली गराउने अभियानमा काेहलपुर नगरपालिका


काेहलपुर,काेहलपुरमा नगरपालिकाले फुटपाथ पनि खाली गराउने अभियान संचालन गरेकाे छ । कोहलपुर चौराहदेखि साझा चोकसम्मको फुटपाथ खाली भइसकेकाे छ । फुटपाथमा राखिएका अधिकांश पसल र ठेलाहरु हटाइएको छ । काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले फुटपाथ पैदल यात्रुहरुकाे लागि बनाइएकाे हुदा अन्य प्रयाेजनकाे लागि प्रयाेग गर्न नहुने बताए। प्रमुख आचार्यले भने-“फुटपाथमा निर्वाद हिड्न पाउनु पैदल यात्रुकाे अभिकार हाे।” सार्वजनिक स्थान फुटपाथमा राखिएका पसल तथा ठेलाहरु हटाउने अभियान जारी रहेकाे काेहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए । नगर प्रहरी प्रमुख थापाले भने–‘अहिलेसम्म कोहलपुर चौराह, कोहलपुर नगर विकासको कार्यालय अगाडि, कृषि हाटबजार अगाडि फुटपाथ अतिक्रमण गरेर बसेका पसल र ठेला व्यवसायी हटाइसकिएको छ ।’ यस्तै कोहलपुर चौराहदेखि पाँच सय मिटर वरपरको क्षेत्रमा सवारी साधन रोक्न निषेध गरिएको छ । सवारी साधन जथाभावी रोक्ने, यात्रुहरु चढाउने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेपछि नगर प्रहरीले चौराह क्षेत्रको पाँच सय मिटर वरपर सवारी साधन रोक्न निषेध गरेको हो । त्यसको कार्यान्वयनका लागि नगर प्रहरीनै डिउटीमा खटिने गरेको पनि उनको भनाइ छ । कोहलपुर नगरपालिकालाई व्यवस्थित र सुन्दर सहरका रुपमा विकास गर्न अहोरात्र खटिएका छौं उनले भने–‘चौराह, न्यूरोडचोक, कृषि बजार चोक, साझा चोकमा तालिका बनाएरै नगर प्रहरी खटिएको छ ।’

सम्बन्धित समाचार