विद्यालय कर्मचारीकाे माग पूरा गर्न शिक्षक संगठन बाँकेकाे आग्रह
नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले विद्यालय कर्मचारीकाे माग पूरा गर्न शिक्षक संगठन बाँकेकाे आग्रह गरेकाे छ।

संगठन बाँके शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै २०७९भदाै १ गते देखी राजधानी केन्द्रीत आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके जिल्ला समितिले ऐक्यबद्धता प्रकट पारेकाे छ । संगठनले भनेकाे छ ,”नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके विद्यालय कर्मचारीहरुको साथ सहयोगका लागी तयार छ ।” नेपालका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत हक,हित तथा अधिकार स्थापनार्थ नेपालकै पुरानो तथा ट्रेड युनियन अधिकार प्राप्त संगठन भएकाे बताउदै अन्तर्राष्ट्रिय शिक्षक महासंघ, सार्क शिक्षक महासंघ, नेपाल शिक्षक महासंघ, पेशागत महासंघ नेपालको दरिलो घटककाे रुपमा रहेकाे संगठन सदैव ट्रेड युनियनको मुल्य, मान्यता र सिद्धान्त अनुसार श्रमिकहरुको पेशागत हक सुनिश्चितताको सन्दर्भमा सदैब अग्र मोर्चामा आवाज बुलन्द बनाउदै वहस, पैरवी र दवावमुलक कार्यक्रम गर्दै आईरहेको संगठनले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
देशमा नयाँ राजनितिक व्यवस्था आएकाे दशकाै भइसक्दा समेत सरकारले संघिय शिक्षा ऐन ल्याउन नसक्नु शिक्षा प्रतिको उदासिनता मात्र नभई लाचारीको पराकाष्ठा भएकाे संगठनकाे ठहर छ ।हजारौाको संख्यामा रहेका राहात शिक्षक, उच्च मा.वि. तहमा दशकौ पहिले नियुक्त भई अध्यापनरत शिक्षक, बाल बिकासका शिक्षक, विद्यालय कर्मचारी, संघिय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षक, स्थानिय तहले नियुक्त गरेका पालिका अनुदान शिक्षक तथा विद्यालयको आवस्यकताले नियुक्त निजि स्रोतका शिक्षक हरुको पेशागत स्थायित्व तथा तलब बृदी सम्बन्धमा सरकार उदाशिन भई बजेटमा पर्याप्त रकम विनियोजन नगरेकाे खेदजनक विषय रहेकाे भन्दै सेवा सुविधामा निजामती र शिक्षकमा ग्रेड, विदा, बढुवा जस्ता विषयमा विभेद रहेकोले विद्यालय शिक्षामा रहेका शिक्षक तथा कर्मचारीलाई विभेद तत्काल सच्याउन संगठनले माग गरेकाे छ । विगत लामो समयदेखी विना दरवन्दी न्युन वेतनमा काम गरिरहेका विद्यालय कर्मचारीहरुको तलब यस बर्षको बजेटले समेत वृद्धी गर्न आवस्यक नठान्नु लज्जाको विषय र अमानवियताको चरम नमुना भएकाे संगठनकाे ठहर छ।
२०७९भदाै १ गते देखी राजधानी केन्द्रीत विद्यालय कर्मचारीकाे आन्दोलनमा संगठन बाँके जिल्ला समितिले ऐक्यबद्धता प्रकट गर्दै यथाशीघ्र विद्यालय कर्मचारी तथा सम्पुर्ण शिक्षा क्षेत्रका समस्या समाधान गर्ने माग गरेकाे छ। अनशनरत कर्मचारीहरु संग अविलम्ब वार्तागरी समस्या समाधानमा अग्रसरता देखाइ अभिभाकत्व ग्रहण गर्न समेत संगठनले नेपाल शिक्षक महासंघलाई सचिव बाबुराम अधिकारी र अध्यक्ष रेखा धितालले हस्ताक्षर गरेकाे विज्ञप्तिमा आवाहन गरिएकाे छ ।




