पर्बत समाज बाँकेकाे तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

पर्वत सेवा समाज बाँकेले वाँके जिल्ला भरि छरिरहेर रहेका पर्वते दिदि, वहिनि छाेरि ,चेलिहरुलाई तिजकाे अवसर पारेर तिज मिलन तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेकाे छ।

पर्वत समाज बाम्हकेले निर्माण गरेकाे काेहलपुर २ प्रेमनगर स्थित विश्व विराट महादेव मन्दिर परिसरमा भएको कार्यक्रमकाे अध्यक्षता पर्वत सेवा समाजका अध्यक्ष पाेष्टराज भुसाले गरेका थिए। कार्यक्रमकाे प्रमुख अतिथि सदगुरु आनन्द विनाेदले तिज सम्वधि सतसंघ प्रवचन दिएका थिए।
कार्यक्रममम काेहलपुर नगर पालिका निवर्तमान मेयर लुट वहादुर रावत,काेहलपुर प्रहरी प्रमुख ऐन बहादुर मल्ल, विराट महादेव मुर्ति दाता कर्ण प्रताम सेन ठकुरी ,मन्दिर निर्माण समिति अध्यक्ष युवराज पाैडेल ,सल्लाहकार शाेभाखर अधिकारी ,नारायण उप्रेती ,नारायण गाैडेल,भिम देवकोटा , लोकनाथ शर्मालगायतको उपस्थिति रहेको थियोे । ५ सय भन्दा वढिले विराट महादेव काे अलाैकिक मुर्ति दर्शन गरि तिज का गितमा धुमधुमा नाचगान गरेका थिए।
पर्वत समाज बाँकेले प्रत्येक वर्ष विभिन्न चाड पर्वहरुमा विभिन्न कार्यक्रमहरु मार्फत बाँके तथा बर्दियामा रहेका पर्वतेहरुलाई ऐकताबद्द गर्दै आइरहेकाे अध्यक्ष भुषालले बताए।




