भाैतिक निर्माणका काममा गुणस्तरमा ध्यान दिन उप -प्रमुख सुवेदीकाे आग्रह

अनिता अधिकारी


काेहलपुर नगरपालिकाका उपप्रमुख एवं काेहलपुर नगरस्तरीय अनुगमन समितिका संयाेजक संगिता सुवेदीले नगरभित्र निर्माणका काम गर्दा गुणस्तरलाई ध्यान दिन आग्रह गरेकी छन। नगरपालिकाभित्र कतिपए भाैतिक निर्माणका काममा गुणस्तर हुन नसकेकाे भन्ने गुनासाे बेला बेलामा आउने गरेकाे भन्दै उप प्रमुख सुवेदीले मापदण्ड अनुसार गुणस्तरिय काम नभएका याेजनाहरु स्वीकृत नहुने बताएकी छन।


दैनिक उज्यालाेसंग कुराकानी गर्दै उप प्रमुख सुवेदीले भनिन-” मापदण्ड पूरा नगरी काम गर्ने छुट कसैलाई पनि छैन” । कुनै पनि बहानामा काेहलपुरमा हुने विकासका कामकाे गुणस्तरमा सम्झाैता नहुने उप प्रमुख सुवेदीकाे भनाई छ।


अनुगमन समितिले नगरपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनलाई तिब्रता दिइरहेकाे छ। काेहलपुरमा मापदण्ड अनुसार काम नभएकाे तथा काममा गुणस्तर नभएकाे भनी जनस्तरबाट गुनासाे आउने गरेकाे छ।


ताजा समाचार

error: Content is protected !!