गणतन्त्र दिवसको अवसरमा काेहलपुर बृहत् सरसफाई
अनिता अधिकारी
काेहलपुर

गणतन्त्र दिवसको अवसरमा काेहलपुर नगरपालिका वडा न ११ ले काेहलपुर बजार सरसफाई गरेको छ ।
गणतन्त्र दिवसको अवसर पारेर काेहलपुरकाे एन टि भि चाेकदेखि न्युराेड चाेकसम्म सरसफाई गरिएकाे हाे ।
![]()
![]()
सरसफाई कार्यक्रममा सहभागी काेहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले काेहलपुरलाई सधैका लागि सफा बनाउन नितिगत रुपमै याेजना बनाई कार्यन्वयन गरिने बताए।
उप प्रमुख संगिता सुवेदीले नगर सरसफाईमा सहयाेग गर्न नगरवासीलाई आग्रह गरिन। काेहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कल्पना अधिकारीले नगरलाई सफा राख्ने हरेक नागरिक सचेत र अनुशासीत हुन जरुरी रहेकाे बताइन।

काेहलपुर नगरपालिका वडा न ११ काे आयाेजनामा भएकाे कार्यक्रममा काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य,उप प्रमुख संगिता सुवेदी ,काेहलपुर प्रहरी प्रमुख ऐन बहादुर मल्ल ,काेहलपुर उधाेग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पाैडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे।





