घरदैलोमा मेयरका उमेदवार आचार्य र उपमेयरका उमेदवार सुबेदी


काेहलपुर । वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनका उमेदवार यतिबेला मत माग्न व्यस्त छन् । स्थानीय पालिकाहरुमा उठेका प्रमुख तथा उपप्रमुख पदका उमेदवार पार्टीका भिभिन्न तहका नेतालाई साथै लिएर मतदातासँगको घरदैलोमा सक्रिय बनेका छन् ।
काेहलपुर नगरपालिका काग्रेसबाट मेयरका उमेदवर पुर्ण प्रसाद आचार्य र उपमेयरका उमेदवार संगिता सुवेदी केही दिनदेखि विभिन्न वडामा घरदैलो गरिसकेका छन् । मेयरका उमेदवार आचार्य भन्छन्, “मतदातासँग भेटघाट गर्न घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छाै ।”

काेहलपुर नगरपालिकाको वडा नं. १ देखि १५ वडाका विभिन्न स्थानमा भएका घरदैलो अभियानलाई निरन्तरता दिएकाे उपमेयरका उमेदवार संगिता सुबेदीले बताइन।


ताजा समाचार