भुमिहिन र अव्यवस्थित बसाेबास भएकालाई लालपुर्जा वितरण मुख्य प्राथमिकता- भुषाल

बाँके । नेकपा एमालेका तर्फबाट काेहलपुर नगरपालिकाका मेयरकम उमेदवार खिल प्रसाद भुषालले भुमिहिन र अब्यवस्तित बसाेवास भएकालाई लालपुर्जा वितरणलाई प्राथमिकता दिने बताएका छन।
नेकपा एमाले कोहलपुरले वडा नम्बर १ मा घरदैलो कार्यकममा भुषालले काेहलपुर नगरभित्र धेरै भुमिहिन तथा अव्यवस्थित बसाेबास मुख्य समस्या भएकाे र यसलाई जतिसक्दो छिटाे समाधान गर्न आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे।
मेयर पदका उमेदवार भुषालले भने- ” काैशिलानगरमा अव्यवस्थित बसाेबास र दलितका मुद्दाहरुमा म सजक छु ”
उमेदवार भुषालले शिक्षा,स्वास्थ्य ,खानेपानि लगायत सामाजिक मुद्दाहरुका बिषयमा एमाले सजक रहेकाे बताए। नेकपा एमाले काेहलपुरले वडा वडामा पुगेर मतदातासंग भेटघाट तथा आफ्नाे पार्टीले जितेपछि धमेञस्काेहलपुरमा गर्ने कामहरुकाे प्रतिबद्दतासहित मतदाताकाे घरदैलाेमा अभियानमा छ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले भेटघाटको क्रममा मतदाताहरु एमालेप्रति उत्साहित रहेकाे बताए। उनले भने-“हामीलाई एमालेकै भर छ भनेर अधिकांश मतदाताले भनिरहनुभएकाे छ।”




