कृषि , पर्यटन , शिक्षा स्वास्थ र खानेपानीलाई विशेष प्रथामिकत वडा- अध्यक्ष पदका उमेदवार डागी

बैशाख १४,२०७९ बुधबार सरला सुवेदी बाँके ।

नेकपा एमाले राप्तिसोनारी गाउँपालिकाका विभिन्न वडाका उम्मेद्वारहरुले जनताको घरदैलोमा पुग्ने घरदैलो अभियान कार्यक्रम आजबाट सुरु गरेका छन् । यस्तै वडा नम्बर ८ वडाका अध्यक्षका उम्मेद्बार शालिकराम डागी खुल्ला सद्स्य रमेश खनाल,ओरिलाल थारु ,महिला सदस्य गौत्रा डागी र दलित सदस्य शुसिला बिक लगायत अन्य नेता कार्यकर्ता सहितको टोलिले प्रचारप्रसार गरेको सदस्य पदका उम्मेद्बार रमेश खनालले जानकारी गराएका छ्न। आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर सुरु गरेको कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेद्बार शालिकराम डागिले आफू निरन्तर यस वडाको बिकासको लागि दिनरात लागिरहेको र अबका दिनहरुमा पनि जनताको सेवामानै खटिरहने बताउदै यसपटक आफुलाई मत हाल्न आग्रह समेत गरेका छ्न। उनले आफुले चुनाव जितिसकेपछी वडालाई कृषि , पर्यटन , शिक्षा स्वास्थ र खानेपानीलाई विशेष प्रथामिकतमा राखी वडाको बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे यस्तै खुल्ला सदस्य पदका उम्मेद्बार रमेश खनालले आफू बर्षौ देखि खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको र अबका दिनमा स्वच्छ पानी स्वस्थ जीवन प्रत्येक वडाबासिको हुने र आफू युवा नेता अनि समाजसेवी भएकोले युवा तथा बालबालिकाहरुको शारिरिक बिकास अनि स्वास्थलाई मध्यनजर गर्दै आफ्नो वडालाई खेलकुदमय वडा बनाउने प्रतिबद्धता व्यक्त गरे। यस्तै वडा नम्बर ५ मा पनि घरदैलो अभियानलाई तिब्र पारिएको नेकपा एमाले राप्तिसोनारी वडा नम्बर ५ का इन्चार्ज माधव पौडेलले जानकारी गराए । वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेद्बार बालकराम थारु ,खुल्ला सदस्य शेर बहादुर बि क, गोबिन्द जैसि, महिला सदस्य धन कुमारी थारु र दलित महिला सदस्य कल्पना बि क लगायतको टोलि जनताको घरदैलोमा आफ्ना प्रतिबद्धता सहित पुगेका हुन । यस्तै घरदैलोकै अभियानमा वडा अध्यक्ष पदका उम्मेद्बार बालकराम थारुले आफू यहि ठाउँमा जन्मिएको हुर्किएको अनि निरन्तर समाजसेवामा लागिरहेको हुँदा यसपाली आफ्नो पाटी बाहेक फरक पाटिमा आस्था र बिचार राख्नेहरुले पनि आफुलाई मतदान गर्नेमा आफू ढुक्क भएको बताए ।उनले आफुले चुनाव जिते आफ्नो वडालाई लाई स्वच्छ र सफा खानेपानीयुक्त ,अनि आफ्नो वडा भित्र कृषी कार्य गरेर जीवनयापन गर्ने कृषकहरुको लागि निशुल्क बिउबिजन, मल सिचाईको लागि पहल गर्ने र आफ्नो वडालाई कृषि हब बनाउन निरन्तर लागिरहने र बाँके जिल्लाकै नमुना वडा बनाउने प्रतिबद्धता समेत गरेका छन् । आसा छ उम्मेद्बारहरुले आफुले बोलेका र प्रतिबद्धता गरेका बाचाहरु पूरा गर्नेछन।


ताजा समाचार