काेहलपुरकाे टाेल टाेलमा एमाले

काेहलपुर, बैशाख १४ ,२०७९
नेकपा एमालेले हाइ कमाण्डको साथमा कोहलपुरमा एमाले उम्मेदवारहरुलाई परिचयात्मक कार्यक्रम विभिन्न टाेलहरुमा सञ्चालन गरिएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर सुरु गरेको कार्यक्रममा बुधबार वडा नम्बर ४ बाट सुरु गरि वडा नं. ६ मा गएर टुगिंएको हो ।

वडा नं. ४ का वडाध्यक्ष पदका उम्मेदवार उम्मेदवार सफिफ बेहना गुजर, सदस्य, मेयर पदका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर पदकी उम्मेदवार अस्मिता चौधरिले वडा नम्बर ४ का स्थानीय जनता माझ गएर आफ्नो प्रतिबद्धतासहित परिचयात्मक कार्यक्रम गरेका थिए । यस्तै वडा नं. ५मा पन अध्यक्ष पदका उम्म्ेदवार दिपेन्द्र श्रेष्ठ र सदस्यहरु संगै मयर उपमेयर र पार्टीका अग्रस नेताहरुको साथमा आफ्ना प्रतिबद्धता रवडाबासीलाई आफ्ना प्रतिबद्धता समेत गरेका थिए । वडामा अहिलेसम्म सोचे अनुरुपको बिकास नभएको र वडाको आमुल परिवर्तका लागि एमालेको सरकार नै चाहिएको हुदा वडा देखी नगरसम्म सबै प्रतिनिधीलाई जिताउन समेत अपिल गरेका थिए । यस्तै वडा अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र श्रेष्ठले वडामा भएका जनताका समस्यालाई आफ्नो समस्याका रुपमा लगेर काम गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार भुषालले वडा नम्बर ४, ५ र ६ लाई स्वच्छ र सफा खानेपानी, धुले सडकलाई ग्राभेल गर्ने र ग्राभेल सडकलाई कालोपत्र गर्ने अनि वडामा कृषी कार्य गरेर आफ्नो जीवन चलाउने कृषकहरुको लागि बिउबिजन, मल सिचाईको व्यवस्था गर्ने र ४ नम्बर वडामा थारु, मधेशी र मुस्लिम समुदाय बढी भएको हुदा उनीहरुको संस्कृती अनि परम्परालाई जोड्दै उक्त वडालाई संस्कृती पर्यटनको रुपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले लक्षित समुदाय र सिमान्तकृत वर्गको लागि निस्शुल्क शिक्षा स्वास्थ र रोजगारको व्यवस्था समेत गर्ने बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन नेकपा एमालेका प्रदेश सदस्य प्रेम भुषालले एमाले उम्मेदवार विजयी बनाउन सबै वडाबासीसँग अपिल गरेका छन्। उनले लोकतन्त्र र समृद्ध कोहलपुर निमार्णमा स्थानीय सरकारमा एमालेको नेतृत्त्व आवश्यक रहेको बताए ।

यस्तै वडा नम्बर ५ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य नरेन्द शर्माले नेकपा एमाले जनताको पार्टी भएको र एमालेले भौतिक संरचना निमार्ण देखि जनताका आधारभूत आवश्यकताहरु लाई मूलभूत रुपमा साकार गर्दै आएको बताउदै अबको दिनहरुमा पनि समृद्ध कोहलपुर अनि समृद्ध वडा बनाउन फेरी पनि एमाले सरकार स्थानीय तहमा आवश्यक रहेको बताए ।
यस्तै वडा नं. ६ को कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदका उम्मेदवार परदेशी थारुले वडामा धेरै समस्याहरु विद्यमान रहेको हुदा सबै समस्या समाधान र थारु समुदायलाई स्वरोजगार देखि राजनितीक रुपमा अगाडी ल्याउने पार्टी भनेकै एमाले भएको हुदा वडाबासीहरुमा आफुहरुलाई बिजयी बनाउन सबै वडा बासीहरु लाई आह्वान समेत गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार खिलप्रसाद भुषालले कोहलपुरक्षेत्रमा रहेको सबै भन्दा पुरानो थारु बस्ती रझेना नै भएको हुदा यस क्षेत्रले धेरै नेतालाई सत्तामा पुर्याएको भएता पनि यहाँको बिकासमा सधै ओझेल पर्ने गरेको हुदा आफु मेयरमा जितेपश्चात यस क्षेत्रको बिकासमा कटिबद्ध भएर लाग्ने समेत बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले नेता कार्यकर्ताका साथै स्थानीहरुको उल्लेखिए उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार