काेहलपुर प्रहरी प्रमुख मल्ल “सुरक्षा चुनौती र प्रहरी जनशक्तिको अबस्था” बुझ्न स्थलगत अनुगमनमा
इलाका प्रहरी कार्यालय कोहलपुरको नयाँ जिम्मेवारी सम्हालेका डिएसपी ऐनबहादुर मल्लले आफ्नो कार्यक्षेत्रको कार्यक्षेत्रको स्थलगत अवलोकन गरेका छन ।
जिल्ला प्रहरी कार्यालय बाँके मतहत रहेको इलाका प्रहरी कार्यालय कोहलपुरको जिल्लाको धेरै भुभाग यस मतहत पर्ने गरेको छ । जसमा कुशुम शिबखोला देखि मानखोला, राझाँ देखि बैजनाथ चिसापानीसम्म यसको कार्यक्षेत्र रहेको छ । यति धेरै क्षेत्रमा हेर्नु पर्दा इलाका प्रहरी कार्यालयले बिभिन्न ठाँउहरुमा प्रहरीका कार्यालयहरु रहेका छन । जसले प्रहरीको सेवा प्रबाहलाई सहज बनाएको छ । केहि दिन अघिमात्र कोहलपुरको जिम्मा सम्हालेका मल्लले आफु मातहतका कार्यालयमै पुगेर त्याहाका स्थानीय, राजनितिकदा, सुरक्षाकर्मीहरुका समस्याहरुको जानकारी लिएका छन । राप्तीसोनारीमा रहेको कुुसुम इलाका प्रहरी कार्याल, अगैया, कचनापुर, शम्सेरगन्ज र ढकेरी मा रहेका चौकीहरुको समस्या त्याहा स्थानीयहरुको चाहानालाई बुझी समस्याको समाधान गर्ने प्रतिबद्धताका साथै पहल गर्ने समेत मल्लले बताएका छन ।
स्थानीय चुनाबको मिति तोकिएको अबस्थामा सुरक्षा चुनौती र प्रहरी जनशक्तिको अबस्थाको बारेमा बुझ्नाका लागि पनि आफ्नो अनुगमन रहेको मल्लले बताए । यस्तै राप्तीसोनारीका केहि ठाउँहरुमा अबैध बन्यजन्तुको कारेबार र सिमावर्ती देशबाट चोरी सकारी र अपराधिक गतिबिधी हुने भएकोले यस क्षेत्रको सुरक्षालाई अलिबढि प्राथमिकता दिनु पर्नेमा आफु र मतहतका युनिटहरु लाग्ने प्रतिबद्धता स्थानीयहरुसंग गरेको समेत बताए ।





